रौतहट-४ मा कांग्रेस देवप्रसाद तिमल्सिना पराकिलो मतान्तरले निर्वाचित

0
Shares

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना निर्वाचित भएका छन् । उनले ३४ हजार १ सय ५ मत प्राप्त गरि विजयी भएका हुन् ।

तिमल्सिनाका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उद्धव रेग्मीले २६ हजार ५ सय ५० मत प्राप्त गरि पराजित भए । कांग्रेसका तिमल्सिना र एमालेका रेग्मीबीच ७ हजार ५ सय ५५ मतान्तर थियो ।

रौतहटमा तिमल्सिनाको पतिनिधिसभाको प्रतिनिधित्व पुनः दोहोरिएको छ । यस जिल्लाबाट उक्त सभामा उनको यो दोस्रो पटकको प्रतिनिधित्व हुनेछ ।

२०७४ को प्रतिनिधिसभाको निर्वाचनमा पनि उनी विजयी भएका थिए । त्यतिबेलाको निर्वाचनमा उनले २८ हजार २ सय २८ मत प्राप्त गरि विजयी भएका थिए ।

२०४८ साल यताको संसदीय निर्वाचनमा यस क्षेत्रबाट कुनै पनि उम्मेदवारले दोहोर्याएर विजयी हाँसिल गरेका छैनन् । यसर्थ तिमल्सिनाको यो जीतलाई सिंगो रौतहटबासीले महत्वका साथ हेरेका छन् ।