धादिङ–२ (ख)मा राप्रपाका डम्बर तामाङ विजयी

0
Shares

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर–२ (ख)मा राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बर तामाङ विजयी भएका छन् । उनी प्रदेशसभा निर्वाचन क्षेत्र (ख)बाट विजयी भएका हुन् ।

तामाङले १४ हजार ४ सय ८१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का जगतबहादुर सिंखडाले १४ हजार ३ सय ५० प्राप्त गरेका छन् । राप्रपाका तामाङ १ सय ३१ मतान्तरले विजयी भएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।

त्यसैगरी मंगोल नेशनल अर्गनाइजेसन पार्टीका सन्तोषकुमार तमाङले ४ सय ८७ मत प्राप्त गरेका छन् । यस प्रदेशसभाको निर्वाचन क्षेत्रमा ६२ हजार ९ सय ४१ मतदाता रहेकोमा २९ हजार ६ सय ७९ जनाले मतदान गरेका थिए ।

यो क्षेत्रमा राप्रपा र एमालेबीच चुनावी गठबन्धन भएको थियो ।