लमजुङ प्रदेश (ख)मा कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित

0
Shares

लमजुङ । लमजुङ प्रदेश (ख)मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् । उनले १९ हजार ५ सय ५७ मत प्राप्त प्राप्त गरि विजयी भएका हुन् ।

पौडेलका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्णप्रसाद अधिकारीले १८ हजार ८ सय ३ मत प्राप्त गरेका छन् । पौडेल अधिकारीभन्दा ७५४ मतान्तरले विजयी भएको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिए ।