कैलाली-१ मा रेशमपत्नी रञ्जिताको जीत सुनिश्चित



धनगढी । 

कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीको जीत सुनिश्चित भएको छ। सो पार्टीकी केन्द्रीय अध्यक्ष तथा पूर्व सांसद रेशम चौधरीकी पत्नी रञ्जिताको जीत सुनिश्चित भएको हो।

अहिलेसम्मको मत परिणामअनुसार रञ्जिताले २६ हजार १५५ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन्।

अब ८ हजार ६११ मत गन्न बाँकी रहँदा रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गरेकी छन्। एकवर्ष अघि गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलाली(३ प्रतिनिधि सभा र प्रदेश सभामा जिति हासिल गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्