तनहुँ १ मा एमालेका एकबहादुर रानालाई पराजित गर्दै रामचन्द्र पौडेल विजयी

0
Shares

पोखरा ।

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । उनले एमालेका एकबहादुर रानालाई ५ हजार ३ सय ८८ मतको अन्तरले पराजित गरेका हुन् ।

 

पौडेलको २५ हजार ३ सय १३ मत आएको छ भने रानाले १९ हजार ९ सय २५ मत पाए । पौडेलले २०७४ को निर्वाचन हारेका थिए ।