कञ्चनपुर ३ मा समाजवादीका प्रकाश रावल विजयी

0
Shares

दोधारा चाँदनी । 

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा (१)मा नेकपा (एकीकृत समाजवादी) का प्रकाश रावल विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उनले आठ हजार सात सय १८ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्  । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहरेका उन निकटतम प्रतिस्पर्धी राप्रपाका धर्मराज जोशी हुन् ।

जोशीले छ हजार आठ सय ५८ मत ल्याए । नेकपा (माओवादी केन्द्र)का टिकेन्द्रप्रसाद भट्टले चार हजार छ सय ८६ मत प्राप्त गरे। यस क्षेत्रमा सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीबीच मित्रवत् प्रतिस्पर्धा भएको थियो ।

निर्वाचन कार्यालयका अनुसार ४६ हजार पाँच सय ८४ मतदाता रहेको यो क्षेत्रमा २७ हजार ३४ मत खसेको थियो । जसमा एक हजार तीन सय ८४ मत बदर भएका छन ।