रुपन्देही ३ मा लोसपाका सन्तोष पाण्डे विजयी

0
Shares

रुपन्देही ।

रुपन्देहीको क्षेत्र नम्बर ३ को प्रदेशसभा ९१० बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार सन्तोष पाण्डे विजयी भएका छन् ।

जनता समाजवादी पार्टी नेपालका उम्मेदवार महेन्द्र यादवलाई पराजित गरी उनी दोस्रो पटक प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

लोसपाका उम्मेदवार पाण्डेले १४ हजार नौ सय २८ मत प्राप्त गरेका छन् भने उनका निकटतम उम्मेदवार जसपाका यादवले दश हजार सात सय आठ मत प्राप्त गरेका निर्वाचन अधिकृत शोभाखर खरेलले जानकारी दिए ।