धनुषा ३ (१) बाट कांग्रेसका यादव पुनः निर्वाचित

0
Shares

धनुषा । 

धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव पुनः निर्वाचित हुनुभएको छ । उहाँले १७ हजार २९ मत ल्याएर दोस्रोपटक निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी जसपा एमाले गठबन्धनका उम्मेदवार जसपाका जीतेन्द्रकुमार यादवले १३ हजार चार सय ५९ मत पाउनुभएको छ । त्यस्तै जनमत पार्टीका उम्मेदवार डा प्रसन्नकुमार झाले सात हजार एक सय ८६ मत पाउनुभएको छ ।