बैतडीमा मतान्तर बढाउँदै गठबन्धन

0
Shares

बैतडी । 

बैतडीमा प्रतिनिधि सभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)ले अग्रता बढाउँदै लग्नुभएको छ ।

मतगणनाको शुरूदेखि अग्रता बनाएका एमालेका दामोदर भण्डारीलाई उछिन्दै कुँवरले पछिल्लो मतपरिणाममा मतान्तर बढाउँदै लग्नुभएको हो । ४४ हजार आठसय २० मत गणना हुँदा कुँवरले २० हजार एक सय २० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभयो। एमालेका भण्डारीले १८ हजार चारसय ६९ मत पाउनुभएको छ।

यहाँको प्रदेश सभा क्षेत्र नम्बर ९ १० मा नेकपा एमालेका सुरेन्द्र पाल र प्रदेश सभा क्षेत्रनम्बर ९२० मा भने कांग्रेसका शिवराज भट्ट विजयी भइसक्नुभएको छ । प्रतिनिधिसभाका लागि एक र प्रदेश सभाका लागि दुई क्षेत्र रहेको बैतडीमा आइतबार सम्पन्न निर्वाचनमा कुल मतदाताको ५२ दशमलव २२ प्रतिशत मत खसेको थियो । यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेकामा ७८ हजार चार सय १६ मत मात्रै खसेका थिए।