बर्दिया २ मा स्वतन्त्र उम्मेदवार चौधरी निर्वाचित

0
Shares

बर्दिया ।  

बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले २६ हजार पाँच सय २० मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । ग

त आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उहाँले सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थलाई एक सय ३६ मतले पराजित गर्नुभएको थियो ।

पन्थले २६ हजार तीन सय ८४मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा (एमाले) का पंकजसिँह राठौरले १६ हजार ९० मत प्राप्त गर्नुभएको छ भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत प्राप्त गर्नुभएको छ ।

बर्दिया २ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार एक सय ९९ मत खसेको थियोे । सो मतमध्ये ८६ हजार ८ सय १२ सदर मत भने थियो भने बदर मत पाँच हजार तीन सय ८७ भएको निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।