गोरखा – २ बाट प्रचण्ड भारी मत अन्तरले विजयी

0
Shares

पोखरा ।

प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारी मतान्तरले विजयी भएका छन् ।  उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई १३ हजार ४ सय ६५ मत अन्तरले हराएका हुन् ।

प्रचण्डले २६ हजार १ सय १ मत ल्याए भने रास्वपाका बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत पाए । एमालेका अब्दुस मियाँ ७ हजार ३ सय ९२ मत पाएका छन् । यहाँ अब्दुस दोस्रो हुने ठानिएको थियो ।