गुल्मी २ मा दिनेश पन्थी दोस्राे पटक विजयी

0
Shares

गुल्मी ।

गुल्मी २ प्रदेश सभा (ख) मा एमालेका दिनेश पन्थी विजयी भएका छन् । पन्थीले १३९२९मत ल्याएर विजयी भएका हुन् । पन्थीका प्रतिस्पर्धी माओवादीका बुद्धि जिसीले १३८१९मत ल्याएर पराजित भएका हुन् ।

यस प्रदेशमा पन्थी ०७४ सालमा पनि बामगठबन्धनबाट विजयी भएका थिए । यसपटक पनि पन्थीले दोस्राे जित हात पारेका छन् ।प्रतिनिधि सभा तर्फ एमालेका गोकर्ण बिष्ट निर्वाचित भएका छन् । यसक्षेत्रमा प्रतिनिधि र प्रदेश सभामा एमालेले विजयी हात पारेको हो ।

पन्थी र जिसी पूर्व सहकर्मी हुन् । ०७४ सालमा जिसी पन्थीलाई नै मत माग्न हिडेका थिए । पन्थी नेकपा माओवादीमा केन्द्रिय सदस्य समेत बनेका थिए ।उनी माओवादी र एमाले मिलेर बनेको नेकपा बिभाजन पछि पनि एमालेमै रहेका थिए । त्यस बेला माओवादीबाट प्रदेश सांसद पनि खारेज भएको थियो ।

०७४ सालमा एमाले माओवादी गठबन्धनबाट प्रदेश सांसद भएका थिए । यसपटकको निर्वाचनमा पन्थी र जिसी बिच कडा प्रतिस्पर्धा बिच पन्थीले जित निकालेका हुन् ।