बागलुङ- १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी विजयी

0
Shares

बागलुङ ।

बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी विजयी भएका छन् । बाम लोकतान्त्रिक गठबन्धका साझा उम्मेदवार केसीले नेकपा एमालेका सुर्य पाठकलाई २ हजार ६२६ मतले पराजित गर्दै विजयी भएका हुन् ।

केसीले २१ हजार ४५१ मत प्राप्त गर्दा एमालेका पाठकले १८ हजार ८२५ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ मत प्राप्त गरेका छन् ।