एमालेका सर्वेन्द्र खनाललाई पछि पार्दै स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी



काठमाडौं ।

काठमाडौं–६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनाललाई फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनले १४ हजार २०४ मत पाए भने एमाले उम्मेदवार खनालले आठ हजार ९११ मत पाए । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भीमसेन दास प्रधानले आठ हजार ८०५, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्यले एक हजार ९८० र स्वतन्त्र उम्मेदवार सञ्जयमान श्रेष्ठले ५४६ मत पाए ।

प्रतिक्रिया दिनुहोस्