सिन्धुली २ मा माओवादीका लेखनाथ विजयी

0
Shares

सिन्धुली ।

सिन्धुली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का लेखनाथ दाहाल विजयी हुनुभएको छ ।
गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मनोजजङ्ग थापालाई पाँच हजार आठ सय ३० मतान्तारले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।

दाहालले २७ हजार पाँच सय १७ र प्रतिस्पर्धी थापाले २१ हजार छ सय ८७ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले एक हजार पाँच सय ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका भीष्मराज श्रेष्ठले एक हजार तीन सय ४० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।