गोरखा १ मा माओवादीका धिताल विजयी

0
Shares

गोरखा । 

गोरखा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ को सदस्यमा नेकपा (माओवादी केन्द्र)का कृष्ण धिताल विजयी हुनुभएको छ । आज दिउँसो सम्पन्न मतगणनामा धितालले १५ हजार चार सय ५६ मत प्राप्त गरी विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिनुभयो ।

धिताल उहाँ वामलोकतान्त्रिक गठबन्धनतर्फबाट उम्मेदवार बन्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र थापाले नौ हजार आठ सय २२ मत प्राप्त गर्नुभएको छ ।