ललितपुर–१ मा कांग्रेसका उदयशम्शेर राणा विजयी

0
Shares

काठमाडाैं  ।

ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणा विजयी भएका छन् । कांग्रेसका उम्मेदवार राणाले नेकपा एमालेका उम्मेदवार नवराज सिलवाललाई ४ हजार ६ सय १४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

राणाले २३ हजार ८ सय ९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार २ सय ७८ मत प्राप्त गरेका छन् । यसअघि विसं २०७४ पनि प्रतिनिधिसभाका लागि राणा र सिलवाल नै प्रतिस्पर्धामा थिए ।

२०७४ मा यस क्षेत्रबाट सिलवालले २६ हजार ९ सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभामा जित हासिल गर्दा राणाले २० हजार ७ सय २९ मत प्राप्त गरेका थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरेले ३ हजार २ सय ७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले १ हजार ६ सय ४१ मत प्राप्त गरे ।

कुल ७४ हजार ३ सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ७ सय ७३ मत खसेको थियो । खसेको मतमध्ये १ हजार ८ सय २ मत बदर भएको छ भने ४८ हजार सात सय ८१ मत सदर भएको छ ।