कास्की ३ मा एमालेका गणेशमान गुरुङ निर्वाचित

0
Shares

कास्की ।
कास्की क्षेत्र नं. ३ (१) प्रदेश सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङ निर्वाचित भएका छन् ।
उनका निकटतम गठबन्धनका तर्फबाट माओवादीका दुर्गादत्त भण्डारीलाई ४४०९ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।
एमालेका गुरुङले १२६७४ मत प्राप्त गर्दा माओवादीका दुर्गादत्त भण्डारीले ८२६५ मत प्राप्त गरेका थिए ।
त्यस्तै हाम्रो नेपाली पार्टी लौरो चिह्नबाट खिम प्रसाद तिमिल्सिनाले २४१३ मत प्राप्त गरे । कास्की क्षेत्र नम्बर ३ (१) मा जम्मा मतदाता संख्या ५२८६२ रहेका थिए भने कुल २८८४३ मत खसेको थियो । यसमध्ये कुल सदर मत २७७५८ रहेको थियो भने १०८५ बदर भएको थियो ।