काठमाडौँ–६ प्रदेश (१)मा कांग्रेसकी हरिप्रभा खड्गी विजयी

0
Shares

काठमाडौँ।

काठमाडौँ क्षेत्र नं ६ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गी विजयी भएकी छिन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज राति सम्पन्न प्रदेशसभा (१)को मतगणनामा कांग्रेसकी खड्गीले चार हजार तीन सय ५६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन् ।

यस्तै नेकपा (एमाले)का उम्मेदवार निरेशलालसिंह महर्जनले तीन हजार नौ सय ३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जगतसागर महर्जनले तीन हजार सात सय ९८ मत प्राप्त गरेका छन् ।

विजयी खड्गी यसअघि विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाबाट उपप्रमुखमा विजयी भएकी थिइन् । काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७, २८ र टोखा नगरपालिकाको ९ र १० वडा रहेको सोही क्षेत्रमा १५ हजार सात सय १५ मत खसेको थियो ।