गोरखा-२ मा प्रचण्डको जित निश्चित,सूर्यलाई घण्टीको धक्का

0
Shares

गोरखा।

आइतबार सम्पन्न भएको आम निर्वाचनको मत परिणाम सार्वजनिक हुनेक्रममा सर्वाधिक चासोको रुपमा रहेको गोरखा २ मा भने नेकपा माओवादीका अध्यक्ष प्रचण्डको जित निश्चित जस्तै देखिएको छ । यद्यपी मत गणना भने जारी नै छ । मंगलबार सम्म कूल खसेको ५३ हजार मत मध्ये १५ हजार जति मत गणना गर्दा प्रचण्डको मतान्तर धेरै देखिएका कारण प्रचण्डको जित सहज भएको अनुमान गरिएको हो ।

यो समाचार तयार पार्दा सम्म प्रचण्ड र राष्टिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीबीचको मतान्तर करिब ४ हजार देखिएको छ । घण्टी चुनाव चिन्हमा एकछापे मत पर्ने संभावना न्यून रहेका कारण प्रचण्ड पराजित हुने संभावना नरहेको राजनीतिक बिश्लेषकहरुको भनाइ छ । यद्यपी दोश्रोमा भने घण्टी वा एमाले मध्य को हुने भन्ने रहेपनि प्रचण्डको प्रतिस्प्रर्धी करिब तीन महिना अगाडि गठन भएको राष्टिय स्वतन्त्र पार्टी नै हुने आँकलन गरिएको छ । एमाले भने कमजोर नै देखिएको छ । तर,प्रदेश सभा तर्फको क्षेत्र नम्बर २ मा भने काँग्रेससंग एमाले प्र्रतिस्पर्धी नै देखिएको छ ।

गोरखाको क्षेत्र नम्बर १ मा भने मंगलबार दिउँसोबाट मत गणना शुरु गरिएको छ र प्रारम्भमा काँगेस,माओवादी गठबन्धन नै अगाडि छ र एमालेले पछ्याइरहेको छ ।