पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता कायमै

0
Shares

पाल्पा।

पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता कायमै छ । यहाँको क्षेत्र नं.२ मा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिए पनि पछिल्ला मतपरिणाम अनुसार एमालेका उम्मेदवार अगाडि आएका छन् ।

प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमालेका ठाकुर गैरेले  ५ हजार ६ सय ५७ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ  ।उहाँका प्रतिस्पर्धी पूर्व उद्योग मन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश इन्चार्ज सोमप्रसाद पाण्डेयले ४ हजार ३ सय ३६ मत ल्याएर पछ्याइरहनु भएको  छ । त्यस्तै, मंगोल नेशनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले  एक हजार १ सय ५५ , राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ८ सय १७ ,स्वतन्त्र उम्मेदवार उपेन्द्रराज गहिरेले १ सय ७२  ,अर्को स्वतन्त्र उम्मेदवार जीवलाल सुवेदीले ३९ मत पाउनु भएको छ् । यहाँ घर चिन्हले ५२,तिरले ३९ र छाताले ४२,मादलले ९ मत प्राप्त गरेका छन् । त्यस्तै तारा ७ आमा ४ र चेसवोर्ड चिन्हको १ मत रहेको निर्वाचन कार्यालयले जनाएको छ  ।

प्रदेश सभा तर्फ भने नेपाली काँग्रेसका उम्मेदवार वीर बहादुर राना नेकपा एमालेका उम्मेदवार पर्शराम भट्राईलाइ पछाडि पार्दै अग्रस्थानमा हुनुहुन्छ । रानाले ५ हजार ८ सय ७७ मत पाप्त गर्दा नेकपा एमालेका भट्राईले  ४ हजार ७ सय २९ मत प्राप्त गर्नु भएको छ भने तेस्रो स्थानमा  मंगोल नेशनल अर्गनाइजेशनका लक्ष्मण गाहाले १ हजार ४९ मत प्राप्त गर्नु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजु गैरेले ३ सय ७८ राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर राना प्रदेशसभामा २ (१) नेपाली कांग्रेसबाट वीरबहादुर राना, नेकपा एमालेबाट परशुराम भटराई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजु गैरे, मंगोल नेशनल अर्गनाइजेशनका लक्ष्मण गाहा, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर राना मगरले ६८, जनता समाजवादीबाट खिकबहादुर रेश्मी मगरले ६८ , नेपाल मजदुर किसान पार्टीका माधव अधिकारीले ३५ मत प्राप्त गर्नु भएको छ  । पाल्पा क्षेत्र नं २ अन्तर्गत वगनासकाली गाउँपालिकाको मत गणना सकिएको र अव तानसेन नगरपालिकाको गणना हुने बताइएको छ ।

यस्तै उता क्षेत्र नं. १ मा पनि पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवारले अग्रता लिएका छन् । यहाँको प्रतिनिधि सभा सदस्यको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका नारायण प्रसाद आचार्यले ४ हजार ५ सय १५ मत ल्याएर अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी गठबन्धनका साँझा उम्मेदवार नेपाली काँग्रेसका जिल्ला उपसभापति ज्ञान बहादुर गाहाले २ हजार २ सय ५४ मत ल्याएका

यस्तै यहाँको प्रदेश सभा १ मा पनि एमालेका उम्मेदवारले अग्रता लिएका छन् । नेकपा एमालेका राजु प्रसाद श्रेष्ठले ४ हजार ५ सय २ मत ल्याएर अग्रस्थानमा छन् भने नेपाली नेपाली काँग्रेसका श्यामकान्त खनालले २ हजार ६२ मत प्राप्त गरेका छन् । यहाँ क्षेत्र नं .१ को नापी कार्यालय रामपुरको भवनमा र क्षेत्र नं. २ को तानसेनस्थित बाल मन्दिर भवनमा मतगणना भइरहेको छ ।