जाजरकोटमा शक्ति बस्नेतको फराकिलो मतान्तरले अग्रता

0
Shares

जाजरकोट । आइतबार देशैभर एकै चरणमा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार शक्तिबहादुर बस्नेतको शुरुवातदेखि नै फराकिलो अग्रता कायम रहेको छ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बस्नेतको शुरुवातदेखि नै अग्रता कायम रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हिजो (सोमबार) राति ९ बजेबाट प्रतिनिधिसभा तथा प्रदेशसभा दुवै निर्वाचनतर्फको मतगणना शुरु भएको छ । गणनाको शुरुवातदेखि नै बस्नेतको अग्रता कायम छ ।

आज (मंगलबार) दिउँसो ४ बजेसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शक्तिबहादुर बस्नेतले ५३८० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार निरज आचार्यले ३४५० मत प्राप्त गरेका छन् । अहिलेसम्मको परिणाम अनुसार बस्नेत र आचार्यबीच १९३० को मतान्तर छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपक खनालले ४५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजबहादुर शाहीले २३ मत प्राप्त गरेका छन् र स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत केशवप्रसाद चपाईले बताए ।