मतदातासँगै एमालेको जित हो : कृष्णगोपाल श्रेष्ठ

0
Shares

काठमाडौं ।

काठमाडौं निर्वाचन क्षेत्र नं ९ बाट दोस्रो जित हासिल गरेका एमाले नेता कृष्णगोपाल श्रेष्ठले आफ्नो जित सम्पुर्ण मतदाताको जित भएको बताएका छन् ।

निर्वाचन अघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार टेकबहादुर पोखरेललाई ९ सय ९५ मतले पछि पार्दै आठौं पटक उम्मेदवारी बनेर चौथो जित हासिल गर्न सफल श्रेष्ठले यो जित आफ्नो नभै सम्पुर्ण मतदाताको जित भएको बताएका हुन् ।

विजयी लगत्तै उनले भने, गएको निर्वाचनमा मेरा मतदाताले जसरी अगाध मायाले मत दिएर विजयी गराउनुभएको थियो, यो निर्वाचनमा पनि त्यसरीनै विजयी गराउनुभएकोमा सबै मतदातालाई धन्यवाद दिन चाहन्छु । यो जित मेरो मात्र होइन सम्पुर्ण राष्ट्रवादी जनताको हो , नेकपा एमालेको हो–उनले भने विजयी लगत्तै प्रतिक्रिया दिँदै उनले भने–मलाई अझै उत्साह थपिएको छ, अब जनताको घर घरमा गएर थप काम गर्नेछु ।

 

जनताको योजना अनुसार विकास निर्माणको गतिलाई थप तिब्रगतिमा लौजानेछु । काठमाडौं क्षेत्र नम्बर ९ मा ४३ हजार ६७ मत खसेको थियो । श्रेष्ठले ११ हजार ९ सय ५६ मत ल्याएर विजयी भएको थिए । उनको प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकवहादुर पोखरेल १० हजार ९ सय ६१ मत ल्याएका थिए ।

गठबन्धनबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी धमलाले ६ हजार ४ सय २ मत पाएका थिए । बिसं २०४८ पछि भएको निर्वाचनमा आठ पटक उम्मेदवार भएका श्रेष्ठ एमालेका स्थायी कमिटी सदस्य छन् । यसअघि तत्कालीन ओली सरकारका शहरी विकास, शिक्षा , विज्ञान तथा प्रबिधि, वन तथा वातावरण,स्वाथ्य तथा जनसंख्या,श्रम रोजगार तथा सामाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्री बन्ने भाग्यमानी नेता हुन् । श्रेष्ठले यसअघि २०४८, २०५१, २०७४ र यो निर्वाचनमा विजयी हासिल गरेका छन् ।

निर्वाचित भए लगत्तै श्रेष्ठले बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्र्यार्पण गरेका थिए । त्यसअघि मतगणना स्थलबाट कुलेश्वरस्थित निर्वाचन परिचालन कार्यालय पुगेका थिए । आज दिउँसै स्युचाटार र लगनस्थित सम्पर्क कार्यालयमा पुगेर मतदातालाई धन्यवाद दिएका थिए । त्यस अवसरमा उनले सबै मतदाताको सहयोगले आफुले निर्वाचनमा विजयी हासिल गरेको बताए ।