रोल्पामा माओवादीका वर्षमान पुनको अग्रता, पछ्याउँदै एमालेका पूर्णबहादुर

0
Shares

काठमाडौं ।

रोल्पाबाट नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन दोब्बर मतले अग्रता लिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पुनले कुल मत १० हजार ९७३ मत गणना हुँदा ६ हजार ७६८ मत ल्याएका हुन् । एमालेका पूर्णबहादुर बुढामगरले २ हजार ६०१ मत, राप्रपाका लिला राउतले ४६६ मत पाएका छन् ।

यस्तै प्रदेशसभा १ मा सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता जोखबहादुर महराले ५ हजार ८९० मत एमालेका एमालेका कमलबहादुर बुढाथोकीले २ हजार २०४ मत र राप्रपाका पदमबहादुर थापाले ६८२ मत मात्रै पाएका छन् । यस्तै प्रदेश सभा २ बाट सत्ता गठबन्धनबाट कांग्रेसका अमरसिंह पुनले २ हजार ८८१ मत एमालेका प्रेमबहादुर घर्तीले १ हजार ९६८ मत पाएका छन् ।