काठमाडौं ९ मा एमालेका श्रेष्ठको अग्रता, घन्टी दास्राे स्थानमा

0
Shares

काठमाडाैं  । 

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र ९ को मत गणना जारी रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)कृष्ण गोपाल श्रेष्ठ आठ हजार आठ सय ३५ मतले अग्रस्थानमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले सात हजार सात सय ७४ मत प्राप्त गरेका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की कल्पना धमलाले चार हजार आठ सय ३२ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार पछिल्लो मतगणनासम्म ३१ हजार सात सय ७२ मत गणना भएको छ । सो मध्ये एक हजार तीन सय आठ मत बदर भएको छ ।