मतपेटिका जलेको केन्द्रमा मतदान हुँदै

0
Shares

नवलपरासी ।

घनश्याम बगाले । नवलपुर मतपेटिकामा आगजनी भएको पूर्वी नवलपरासीको झांक्रे मतदान केन्द्रमा मतदान सुरू भएको छ ।

कडा सुरक्षा ब्यवस्था सहित सुरु भएको मतदानमा मतदाताको उपस्थित बाक्लो रहेको छ । कूल मतदाता ९ सय ८० रहेको देबचुली ४ शान्ति सिर्जना आधारभूत विद्यालयमा अहिले सम्म १ सय बढी मत खसेको मतदान अधिकृत ज्ञान प्रसाद भुसालले बताउनु भयो ।

पूर्वी नवलपरासी क्षेत्र नं।१ प्रदेश ९क० अन्तरगतको समानुपातिक तर्फको मत खसाल्दै गर्दा मतदाता नारायण भण्डारीले सुटुक्क बडिलोसन खन्याए पछि मतपेटिकामा आगो लागेको थियो । प्रहरीले भण्डारीलाई आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।