रुपन्देहीमा ६७ दशमलव ५ प्रतिशत मतदान

0
Shares

भैरहवा । 

रुपन्देहीमा ७७ दशमलव ५ प्रतिशत मत खसेको छ । आइतबार भएको मतदानमा जिल्लाका ५ वटै निर्वाचन क्षेत्रबाट करिब ४ लाख ३१ हजार जनाले मताधिकारको प्रयोग गरेका हुन । खसेको मत स्थानीय तहभन्दा कम हो । स्थानीय तहभन्दा मतदाता बढेपनि मत कम खसेको छ ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा ३६ राजनीतिक दलमध्ये २८ राजनितिक दल चुनावी प्रतिष्पर्धामा सहभागी थिए । रुपन्देहीमा १५ पदका लागि २ सय ३ जनाले उम्मेदवारी दिएका थिए । ६ लाख ३८ हजार ९ सय ५२ मतदाता रहेको जिल्लामा कुल मतदाताको करिब ३२ दशमलव ५ प्रतिशतले मताधिकार प्रयोग गरेका छैनन्।

जिल्लाका अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले जानकारी दिए ।  १ लाख ३९ हजार ५ सय ६० मतदाता रहेको रुपन्देहीको क्षेत्र नम्बर १ मा ६६ प्रतिशत मतदान भएको छ ।

त्यस्तै, १ लाख २६ हजार ८ सय ७ मतदाता रहेको क्षेत्र नम्बर २ मा ६३ प्रतिशत , १लाख ३२ हजार ७ सय ९१ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ७० दशमलव ५ अर्थात ९२ हजार ९ सय ७२ जनाले मत दिएका छन, १ लाख १० हजार ६ सय ५९ मतदाता रहेको क्षेत्र नम्बर ४ मा ७० प्रतिशत र १ लाख २९ हजार १ सय ३५ मतदाता  क्षेत्र नम्बर ५ मा ६८ प्रतिशत मतदान भएको छ ।

सबै भन्दा बढी मत क्षेत्र नम्बर ३ मा  खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका कम्प्युटर अपरेटर विनोद भट्टराईले न्युजकारखानालाइ जानकारी दिए ।  सर्वदलीय बैठकले २  ठाउमा मतगणना गर्ने भन्ने टुंगो लगाएपनि मतगणना सुरु भएको छैन । रुपन्देहीमा २ सय ८ मतदान स्थलमा ७ सय २ मतदान केन्द्र रहेका थिए । २०७४ सालमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको मतगणना २ ठाँउमा गरिएकोमा यस पटक ५ वटै निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ ।

मुख्य निर्वाचन अधिकृत कृष्णराम कोईरालाका अनुसार रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को लागि देवदह नगरपालिकाको शितलनगरमा रहेको देवदह बहुमुखी क्याम्पसलाई मतगणना स्थल तोकिएको छ । क्षेत्र नम्बर २ को लागि बुटवल उप–महानगर पालिकाको कार्यालय, क्षेत्र नम्बर ३ को लागि भैरहवा नमूना माध्यमिक बिद्यालयलाई मतगणना स्थल तोकिएको छ । यस्तै, क्षेत्र नम्बर ४ को लागि कोटहीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय र क्षेत्र नम्बर ५ को लागि गैडहवा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयलाई तोकिएको बताए ।

रुपन्देहीको क्षेत्र नम्बर १ मf सर्वदलीय बैठकले मतगणनाबारे टुङगो लगाउने निर्वाचन अधिकृत श्याम श्रेष्ठले जानकारी दिए । क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक बसेको छ सम्भवत विहान १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै क्षेत्र नम्बर ३ मा राती बसेको सर्वदलीय  बैठकले वबहान ८ बजे देखि मतगण्ना सुरु गर्ने मुख्य निर्वाचन अधिकृृतको कार्यालयका प्रवक्ता शोभाखर खरेलले जानकारी दिए । क्षेत्र नम्बर ४ मा  सर्वदलिय बैठक बसेर विहान ८ बजेदेखि मतगणना गर्नेछ । क्षेत्र नम्बर ५ मा सर्वदलिय बैठक बसेको छैन, बैठकले मतगण्नाको ट्ङगो लगाउने  निर्वाचन कार्यालयका प्रमुख अयोध्या भण्डारीले बताए ।