मतपेटिका जलेको केन्द्रमा आज मतदान हुने

0
Shares

नवलपरासी ।

मतपेटिकामा आगजनी भएको पूर्वी नवलपरासीको झांक्रे मतदान केन्द्रमा सोमबार मतदान हुने भएको छ । आइतबार बेलुका बसेको सर्वपक्षीय बैठकले मतपेटिका जलेको प्रदेश समानुपातिकतर्फको मतदान पुनः गर्ने निर्णय गरेको हो ।

कुल ९ सय ८० मतदाता रहेको देवचुली ४ झांक्रेस्थित शान्ति सिर्जना आधारभूत विद्यालय केन्द्रमा मतदाता नारायण भण्डारीले मतपेटिकामा बडिलोसन हालेर भागेको बताइएको छ । पूर्वी नवलपरासी क्षेत्र नं १ प्रदेश (क) अन्तर्गतको समानुपातिक तर्फको मत खसाल्दै गर्दा भण्डारीले सुटुक्क बडिलोसन खन्याएपछि मतपेटिकाबाट धुँवा छुटेको बताइन्छ ।

प्रहरीले भण्डारीलाई झण्डै २ किमी टाढा पुगेर आफ्नो नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेका भण्डारीसँग आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्लाको अन्य क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।