काठमाडौं का १० केन्द्रमा मत गनिँदै

0
Shares

काठमाडौं । 

काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरूको मतगणना फरक–फरक १० ठाउँमा हुनथालेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

काठमाडौं क्षेत्र नं. १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ । क्षेत्रनम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्रनम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्रनम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुने जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले नेपाल समाचारपत्रलाई बताउनुभयो ।

यसै गरी क्षेत्र नं. ५ को मतगणना टोखाको श्रीसमाज भवनमा, क्षेत्र नं. ६ को मतगणना धर्मस्थलीमा र क्षेत्र नं. ७ को मतगणना बालाजुको जुडो हलमा हुने बताइएको छ । त्यस्तै, क्षेत्रनम्बर ८ को मतगणना स्वयम्भुको गीतामाता स्कुलमा, क्षेत्रनम्बर ९ को मतगणना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र क्षेत्रनम्बर १० को मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा हुँदैछ ।