दैलेख : बिना विवाद शान्तिपूर्ण वातावरणमा निर्वाचन  सम्पन्न 

0
Shares

 दैलेख ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत  आज भएको निर्वाचन दैलेखमा शान्तिपूर्ण सम्पन्न भएको छ । दैलेखका ११ वटै पालिकाभित्र रहेका २०६ स्थायी र सदरमुकाममा रहेका २ अस्थायी मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको छ । दैलेखको पश्चिममा रहेको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको ५ नम्बर स्थित जनता माविको मतदान केन्द्रमा राखिएको शङ्कास्पद बस्तु नेपाली सेनाले हटाएपछि करिब एक घण्टा ढिलो सुरु भएको मतदान समेत सम्पन्न भएको छ । जिल्लाका सबै मतदान केन्द्रहरूमा विवादरहित तरिकाले स्वच्छ र शान्त वातावरणमा सम्पन्न भएको छ ।

विगतमा विभिन्न दलका कार्यकर्ताहरुका आपसी  मतभेदका कारण छुटफुट झडप र विवाद हुने गरेको भएपनि यस पटकको निर्वाचन भने विवादरहित तरिकाले सम्पन्न भएको छ । तर विगतको जस्तै मतदाताहरु उत्साहित भएर मतदान केन्द्रमा भने शतप्रतिशत उपस्थित नभएर सोचेभन्दा कम मत खसेको छ । मतदातामा निराशा हुदाहुदैपनि आफ्नो अधिकार प्रयोगको लागी भन्दै मतदान गरेको केही मतदाताहरुल्ो बताएका छन् ।
जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ भने पुरै तथ्यांक लिएपछिमात्र खसेको मतको प्रतिशत जानकारी हुने बताइएको छ । जिल्लाको पश्चिम पिपलकोट लगायत विभिन्न दुर्गमका मतपेटिकाहरु राति १२ बजेसम्म आइपुग्ने भएकोले भोलि बिहानबाट मात्र मतगणना हुने बताइएको छ ।