रुपन्देहीमा ६५ प्रतिशत मतदान, १० बजे देखि गणना हुने

0
Shares

बुटवल।

रुपन्देहीमा सरदर ६५ प्रतिशत मत खसेको छ । रुपन्देहीका मूख्य निर्वाचन अधिकृत कृष्णराम कोईरालाले समग्रमा जिल्लामा ६५ प्रतिशत मत खसेको बताउनु भयो । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृत समेत रहेका कोईरालाले आजै १० बजे देखि मतगणना गर्ने तयारी रहेको बताउनु भयो ।

भैरहवा नमूना उच्च माध्यमिक विद्यालयमा हुने मतगणनाको लागि ब्यवस्था कडा बनाईएको छ । प्रतिनिधि सभा सदस्यको १ वटा कोठा, प्रदेश सभा सदस्य (क) र प्रदेश सभा (ख) को लागि अलग अलग गरी ३ वटा कोठामा मतगणनाको ब्यवस्था गरिएको छ । ५ वटा कोठा मतपेटिका राख्नको लागि प्रयोग गरिएको मूख्य निर्वाचन अधिकृत कोईरालाले बताउनु भयो । उहाँले सिसिटिभीको निगरानीमा उच्च सुरक्षा बिच मतगणना गरिने जानकारी दिनु भयो । रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री बालकृष्ण खाँण र राप्रपाका वरिष्ठ नेता दिपक बोहोरा बिच कडा प्रतिष्प्रर्धा रहेको छ ।

रुपन्देहीमा प्रत्यक्ष र सामानुपातिक सबैको नतिजा १ साता भित्र दिने गरी मतगणनाको तयारी रहेको कोईरालाले बताउनु भयो । रुपन्देहीमा ६ लाख ३८ हजार ९५२ मतदाता रहेका थिए । २८ दलवाट २०३ जना उम्मेदवार मैदानमा छन । २०८ मतदान स्थल र ७०२ मतदान केन्द्र रहेका थिए । ५ वटा अस्थायी मतदाताका लागि स्थल थप गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।