रामेछापमा मतदान गरेर फर्किदा एकको मृत्यु


रामेछाप ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ बिजुलीकोटमा मतदान गरेर निस्किएका एक मतदाताको ज्यान गएको छ ।

बिजुलीकोटको दुसिम निवासी ७१ वर्षीय ठगबहादुर सुनुवारको मतदान गर्ने बित्तिकै निधन भएको सो गाउँपालिका अध्यक्ष केशव महतले जानकारी दिनुभयो ।

मतदान गरिसके पछि अचानक बेहोस हुनुभएका सुनुवारलाई उपचारको लाग अस्पताल लगिएको थियो ।अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमा ज्यान गएको महतले जानकारी दिनुभयो ।