कञ्चनपुरमा एमालेका सिंहले गरे मतदान, सरलले भोट हाल्न पाएनन्



धनगढी

नेकपा एमालेका तर्फबाट कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेश सभा १ का उम्मेदवार वचनबहादुर सिंहले कृष्णपुर नगरपालिका–२ बंकस्थित उदय माध्यमिक विद्यालयबाट पहिलो मतदान गरेका छन्।

युवा संघ नेपालका निवर्तमान अध्यक्षसमेत रहेका सिंहसँग प्रतिस्पर्धा गरिरहेका सत्ता गठबन्धन (माओवादी)का उम्मेदवार ओमविक्रम भाट (सरल)ले भने आफ्नो मत आफैँलाई दिन पाएनन्।

भाट प्रदेशसभा १ बाट चुनाव लडेपनि उनको घर प्रदेशसभा २ अन्तर्गतको बेदकोट नगरपालिका–१० मा पर्छ। त्यहीँ मतदाता नामावली भएकाले उनले आफैँलाई मत हाल्न नपाएका हुन्।

कञ्चनपुरमा आइतवार बिहान ७ बजेबाट प्रतिनिधिसभा र प्रदेशसभाको मतदान कार्य सुरु भएको छ। चुनाव बहिष्कार अभियान सञ्चालन गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केही स्थानमा बम राखेपनि ती समयमै निष्कृय पारिएपछि बिहानैबाट भयरहीत ढंगले मतदान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्