चितवनमा मतपेटिका जलाउने प्रयास, प्रहरीले गर्यो हवाइफायर

0
Shares

चितवन ।

चितवन क्षेत्र नं १ मा रहेको राप्ती ८ खिर्कीस्थित ब्रम्हस्थानी विद्यालय मतदान केन्द्रमा मतपेटिका जलाउने प्रयास भएको छ ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका नियन्त्रणमा लिने प्रयास गरेका हुन् । मतपेटिका जलाउन आउनेहरुलाई धपाउन प्रहरीले हवाइफायरसमेत गरेको थियो ।

हवाइफायरपछि मतपेटिका जलाउन आउनेहरु तितरबितर भएका थिए । त्यहाँको मतदान कार्य अहिले रोकिएको छ ।