कैलाली २ : झपटबहादुर रावलले खसाले मत



धनगढी । 

नेकपा एमालेका नेता तथा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका झपटबहादुर रावलले मतदान गरेका छन्। निर्वाचन क्षेत्र नम्बर २ स्थित लम्कीचुहा नगरपालिका ९ अन्तरगत दुर्गा आधारभुत विद्यालयको मतदान केन्द्रबाट उनले मत खसालेका हुन्।

यहाँ उनीसँग नागरिक उन्मुक्तिबाट अरुणकुमार चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट कमलेशकुमार चौधरी, नेपाल लोकतान्त्रि पार्टीका देशराम चौधरी उम्मेदवार छन्।

यस्तै, मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर बुढामगर, नेकपा माओवादी केन्द्रका भगतबहादुर बडुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतसिंह बुढाक्षेत्री, नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) का शेखर शर्मा प्रतिस्पर्धामा छन्। उनी सोही क्षेत्रबाट एमालेका निवर्तमान संघीय सांसद समेत हुन्।

प्रतिक्रिया दिनुहोस्