माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान

0
Shares

चितवन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गर्नुभएको छ ।

बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।

सो अवसरमा उहाँले सञ्चारकर्मीसंग कुराकानी गर्दै गठबन्धनले निर्वाचनमा विजय प्राप्त गर्ने दावी गर्नुभयो । मतदान गरेलगत्तै उहाँगोरखा जानुभएको छ । शान्तिपुर मतदान केन्द्रमा एक हजार सात सय सात मतदाता रहेका छन् ।