पूर्व राज्यमन्त्री ओझाले गरे मतदान

0
Shares

धनगढी । 

पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले मतदान गरेका छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका ओझाले मतदान गरेका हुन्।

उनले धनगढीको वडा नम्बर २ मा रहेको शारदा माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा उनीसँग गठबन्धन तथा काँग्रेसका उम्मेदवार डिल्लीराज पन्त, एमालेका उम्मेदवार नारदमुनि राना लगायत १० जना उम्मेदवार चुनावी मैदानमा छन्।