काभ्रेमा गाेकुल बास्काेटाले गरे पहिलाे मतदान

0
Shares

काभ्रे ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज बिहानैबाट मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट देशभर मतदान सुरु भएको हो । काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मा पुगेर गाेकुल बास्काेटाले मतदान गरेका छन् । बिहानै मतदान केन्द्रमा पुगेर उनले ७ बजेर ८ मिनेटमा पहिलाे मतदान  गरेका हुन् ।

देशभर १० हजार ८ सय ९२ मतदानस्थल छन् भने २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन् । ती मतदान केन्द्रबाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्न पाउनेछन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ४ सय १२ र प्रदेशसभाका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी मैदानमा छन् । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

तस्वीर – भगवती तिमल्सिना