ग्यास विस्फोटमा ४ बालबालिकासहित ९ जनाको मृत्यु

0
Shares

रुसको दक्षिणपूर्वी सखालिन टापुको पाँच तले आवासीय भवनमा  भएको ग्यास विस्फोटमा नौ जनाको मृत्यु भएको स्थानीय गभर्नरले बताएका छन् ।

टिमोभस्कोए गाउँमा सन् १९८० को दशकमा बनेको इट्टाको भवनमा विस्फोट भएको तास समाचार एजेन्सीले जनाएको छ । मृत्यु हुनेमा चार जना बालबालिका छन् ।

ग्यास विस्फोटमा चार बालबालिका सहित नौ जनाको मृत्यु भएको छ’ क्षेत्रका गभर्नर भ्यालेरी लिमारेन्कोले रोसिया २४ टेलिभिजन च्यानललाई भने।

आपतकालीन  मन्त्रालयले प्रारम्भिक जानकारीमा ग्यास लिक भएको औंल्याएको छ । विस्फोटमा भवनका अधिकांश तला भत्किएको प्राप्त विवरणहरुमा जनाइएको छ । घटनास्थलमा दर्जनौँ उद्दारकर्मी परिचालन गरिएको आपत्कालीन मन्त्रालयले जनाएको छ ।