गाेरखाकाे भाेज मलेखुमा

0
Shares

धादिङ ।

गाेरखामा मतदान गर्ने मतदातालाई धादिङकाे मलेखुमा भाेजकाे व्यवस्था गरिएपछि खाना खाने हाेटलमा लामाे लाईन लागेकाे छ ।
गठबन्धनकाे लागि मतदान गर्नेहरुलाई ल्याईएकाे सवारी साधनकाे लामाे लाईन मलेखुमा रहेकाे थियाे ।

२५ भन्दा ठूला गाडी र २० भन्दा बढी साना ४ पाङ्ग्रे गाडी राेकेर खाना खाईरहेकाे वेला निर्वाचन पर्यवेक्षक र पत्रकारहरु भोजकाे लाईन बसेकाे ठाउँ पुगेकाे थियाे । बिहानदेखि खानाकाे लाईन दिनभर भएकाे र कुपन लिएर नि:शुल्क खाना हाेटलवालाले दिएकाे स्थानीय रामहरी बराकाेटीले बताउनुभयाे ।

१० हजार जना गाेरखाका मतदातालाई खाना खुवाउन अर्डर अएको हाेटलवालाका एक कर्मचारीले जानकारी दिए ।

निर्वाचन अाचारसंहिता विपरीत ठुलाे संख्यामा खाना खुवाएर निर्वाचन कानुन लत्याएकाे साे क्षेत्रका बासिन्दाकाे भनाई छ ।