खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा तीन जना पक्राउ

0
Shares

मोरङ । खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–४ बस्ने २५ वर्षीय गौतम तामाङसहित तीन जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही नगरपालिका–५ बस्ने २६ वर्षीय आसाङ लिम्बुसहित बाँकी तीन जना रहेका छन् । उनीहरुलाई हिजो (शुक्रबार) साँझ प्रहरीले पक्राउ छ ।

उर्लाबारी नगरपालिका–६ स्थित तत्काल बन्द रहेको तरुण क्याफेको बाहिर पट्टीको बार्दलीमा पुरानो रिसिबीको कारण दुई पक्षबीच खुकुरी प्रहार हुँदा गौतम तामाङ सहित तीन जना घाइते भएका छन् ।

यो खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घटनामा संलग्न लिम्बुसहित ३ जनालाई खुकुरीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका गौतमको बिएण्डसी अस्पताल बिर्तामोड झापामा, अन्य दुई जना सामान्य घाइतेको गोदावरी अस्पताल उर्लाबारी र आश्रय मेडिकलमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।