बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

0
Shares

बारा । आफ्नै बाबुको हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । घरयासी वादविवादमा बाबुको हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको हो ।

५० वर्षीय बाबु शुकर पासवानको हत्या गरेको अभियोगमा बिश्रामपुर गाउँपालिका–५ इटयाही बस्ने २० वर्षीय प्रदेशिक पासवानलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई गत कात्तिक २७ गते राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी वादविवादमा प्रदेशिकले आफ्नै बुबालाई दाउरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते शुकरको एनएमसी अस्पताल वीरगञ्जमा उपचारको क्रममा हिजो (शुक्रबार) राति मृत्यु भएको थियो । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।