कञ्चनपुरमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट, २ जना घाइते

0
Shares

धनगढी । कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताबीच कुटाकुट भएको छ । हिजो (शुक्रबार) राति जिल्लाको भीमदत्त नगरपालिका–१ राजिपुरमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको हो ।

प्रहरीका अनुसार कुटपिटबाट दुई जना घाइते भएका छन् । ४१ वर्षीय कांग्रेस कार्यकर्ता हिक्मतबहादुर बिष्ट र एकीकृत समाजवादीका ६४ वर्षीय रतनबहादुर बिष्टबीच कुटाकुट भएको बताइएको छ । दुवै जनालाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यस्तै हिक्मतको टाउकोमा चोट लागेको र रतनबहादुरको चिउडोमा चोट लागेको प्रहरीले बताएको छ । अहिले उनीहरुलाई उपचारका लागि धनगढी रिफर गरिएको छ । झगडाको कारण भने खुलेको छैन् ।