कास्कीमा राष्ट्रिय औद्योगिक व्यापार मेला दस दिनसम्म

0
Shares

कास्की । पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्यमहासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको संयुक्तआयोजनामा हुने मेला मंसिर १६ देखि २५ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा सञ्चालन हुनेछ ।

व्यापार मेला पोखरा महानगरपालिकाको सहयोग एवं नेपालकै प्रतिष्ठित व्यवसायिक घराना लक्ष्मी हाउसकोमुख्य प्रायोजनमा ‘लगानीको सम्वद्र्धन उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने उद्देश्यसहित मेलाको आयोजना गर्नलागिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेला समितिका सभापति नरेन्द्रकुमार प्रधानकोसंयोजकत्वमा २५१ सदस्यीय मुल आयोजक र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिकोअध्यक्षतामा कार्य सम्पादन समिति गठन गरिएको छ । कार्यसम्पादन समितिअन्तर्गत सल्लाहकार समितिकाअलावा विभिन्न २५ वटा उपसमिति पनि गठन भइसकेका छन् ।

समिति मेलाको तयारीमा जुटिसकेको र स्टल बुकिङको काम पनि तीव्र गतिमा भइरहेको अध्यक्ष प्रजापतिलेबताएका छन् । मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १२० वटा स्टल गरी करिब २५० स्टलरहने छन् ।

पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पुर्याउने उद्देश्यलेमेलाको आयोजना गरिएको हो ।

मेलाको प्रवेश टिकटको हकमा सर्वसाधारणको लागि १ सय र विद्यार्थीको लागि ६० कायम गरिएको छ । मेला अवलोकनकर्ताले क्यूआर कोडमार्फत् पनि टिकटको भुक्तानी गर्ने तथा मेला स्थलमा रहेका सम्पूर्ण स्टलहरुको जानकारी प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

मेलामा दैनिक उपभोग्य एवं अन्य सामग्रीमा भारी छुटको व्यवस्था मिलाइएको छ । मेलाबाट अनुमानित १ करोडको कारोबार हुने र अनुमानित खर्च ८५ लाख कटाउँदा १५ लाख बचत हुने अनुमान गरिएको छ । यसवर्षको मेला आयोजनाबाट बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने अध्यक्ष प्रजापतिले बताए ।