पैसा बाँडेको आरोपमा काठमाडौं–५ का प्रदेशसभाका एमाले उम्मेदवारसहित ३ जना पक्राउ

0
Shares

काठमाडौँ ।

मौन अवधिमा मतदातालाई पैसा बाँडेको आरोपमा काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौला पक्राउ परेका छन्।

शुक्रबार साँझ मतदातालाई मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले निरौलासहित ३ जनालाई हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा निरौलासहित बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन्। काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी मैदानमा छन्।