मेयरको टिकट पाउने गरी गृहमन्त्रीलाई सहयोग गरिएको भन्ने समाचार भ्रामक : उद्योगी शर्मा

0
Shares

बुटवल।

व्यवसायी कृष्णप्रसाद शर्मालाई पाँच वर्ष पछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा काँग्रेसले टिकट दिने र मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँणलाई सहयोग गर्ने सम्झौता भएको भन्दै बाहिर आएका समाचारको खण्डन गर्नु भएको छ् । शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरेर शर्माले आफू सधैं लोकतन्त्रको पक्षमा उभिँदै उद्योगी–व्यवसायीको हकहीतमा काम गर्दै आएको जनाउँदै आफूलाई पाँच वर्षपछि हुने निर्वाचनको मेयर पदमा लोभ नभएको बताउनु भयो ।

बिहीबार राति भैरहवाका व्यवसायी शर्माले पाँच वर्षपछि काँग्रेसबाट सिद्धार्थनगरको मेयरको टिकट लिने गरी गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिनिधिसभामा जिताउन सहयोग गरेको भन्ने व्यहोरोको पत्र सार्वजनिक भएको थियो । उक्त पत्रप्रति शर्माले आपत्ति जनाउनु भएको छ् । सहमति भनेर सार्वजनिक गरिएको पत्रमा काँग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँन र व्यवसायी शर्माको हस्ताक्षर छ । तर, तिनैजनाले विज्ञप्ती निकालेर कुनै सहमति नभएको प्रष्ट पारिसकेका छन् ।

‘लोकतन्त्र र गणतन्त्रप्रति आस्था राख्ने म एउटा व्यवसायी हुुँ । मेरो अहिलेसम्मको अनुभवले आम नागरिक, पेशा, व्यवसाय, श्रमिक, मजदूरलगायत सबैको कल्याण लोकतन्त्रमा मात्रै सम्भव छ । अहिलेसम्म पञ्चायती शासन व्यवस्था, प्रजातान्त्रिक शासन व्यवस्था, राजाको निरंकुशता, लोकतन्त्र हुँदै गणतन्त्रसम्मका व्यवस्था देखियो र भोगियो । पञ्चायत र राजा फाल्न आन्दोलन पनि गरेँ तर राजनीतिमा लागिनँ’, उहाँले पत्रकार सम्मेलनमा भन्नु भयो ।
तर केही संचारमाध्यमले भ्रामक समाचार सम्प्रेषण गरे । पाँच वर्षपछि मेयरको टिकट लिने गरी गृहमन्त्री बालकृष्ण खाँणलाई सहयोग गरेको भन्ने समाचार गलत छ, यो पराजित मानसिकताको पराकाष्ठा हो ।’

नेपाल उद्योग बाणिज्य महासंघको लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेका शर्माले आफूले लोकतन्त्रको पक्षधर गृहमन्त्री खाँणलाई रुपन्देही क्षेत्र नम्बर ३ मा सहयोग गर्दै आएको भने स्वीकार्नु भयोे । ‘हो मैले गृहमन्त्रीज्यूलाई सहयोग गर्दै आएको छु, उहाँ लोकतन्त्र प्राप्तिका लागि संघर्ष गरेको नेता हो, योग्य र क्षमतावान हुनुहुन्छ, त्यसैले सहयोग गरेको छु’, उहाँल भन्नु भयो ।

अरुको मर्यादा राख्न सकेमा मात्र आफू मर्यादित हुन सकिन्छ ।’ हस्ताक्षर चोरेर सहमति भएको भनिएको पत्र विशुद्ध आफ्नो चरित्र हत्या गर्न गरिएको फण्डा मात्रै भएको शर्माले जिकिर गर्नु भयो ।

‘यसविरुद्ध म कानुनी लडाई लड्ने पनि म सबैलाई जानकारी गराउन चाहन्छु । हस्ताक्षर किर्ते गरेर बनाइएको ‘सहमति पत्र’विरुद्ध मैले निर्वाचन कार्यालयमा उजुरी दिएको छु’, उहाँले भन्नु भयो, ‘उजुरी दर्ता नं ५ हो । उजुरी दर्ता भएपछि प्रमुख निर्वाचन अधिकृतले मेराबारे भ्रामक समाचार प्रकाशित गर्ने संचारमाध्यमलाई आचार संहिताविपरीत किर्ते हस्ताक्षर गरी सहमति पत्र बनाएर त्यसैका आधारमा समाचार लेखिएको भन्ने खण्डन पत्रसहित उजुरी गरेकाले तुरुन्त जवाफ दिन भन्दै पत्र काटेको जानकारी दिनुभएको छ ।