भोजपुर उडेको निगमको जहाज काठमाडौं नै फर्कियाे

0
Shares

काठमाडौं ।

काठमाडौंबाट भोजपुर उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाज प्राविधिक समस्याका कारण बीचबाटै फर्काइएको छ ।

निगम स्रोतका अनुसार शुक्रबार यो जहाजले भोजपुर, फाप्लु र दाङमा उडान गर्ने तालिका थियो । निगमले जहाज ग्राउन्डेड भएपछि शनिबार निर्धारित उडान समेत रद्द गरेको छ । यसले सयौं यात्रु प्रभावित बन्ने छन् ।

जहाजमा १५ जना यात्रु सवार थिए । जहाज ग्राउन्डेड भएको छ ।