अभिनेत्री दलजीत कौरको निधन

0
Shares

एजेन्सी ।

पञ्‍जाबी अभिनेत्री दलजीत कौरको निधन भएको छ। लामो समयदेखि ब्रेन ट्युमरबाट ग्रसित अभिनेत्री कौरको ६९ वर्षको उमेरमा बिहीबार लुधियानामा निधन भएको हो।

उनको शुक्रबार अन्तिम दाहासंस्कार गरिएको छ। दलजीतले दिल्लीस्थित लेडी श्रीराम कलेजबाट स्नातक गरेकी हुन्। उनले सन् १९७६ मा फिल्म दाजबाट आफ्नो फिल्म करिअर सुरु गरेकी हुन्।
उनका श्रीमान् हरिमिन्दर सिंह देओलको सडक दुर्घटनामा परी निधन भएपछि उनी केही समय फिल्म क्षेत्रबाट ब्रेक लिएकी थिइन्।

आफ्नो फिल्म करिअरमा दलजीतले १० हिन्दी तथा ७० पञ्‍जाबी फिल्ममा अभिनय गरेकी छन्। उनलाई पञ्जाबी सिनेमाकी मेमा मालिनी पनि भनिन्थ्यो।