तुलसीप्रसाद हुमागाईंले त्यागे एमाले

0
Shares

सर्लाही ।

नेकपा एमालेको सर्लाही जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नं. ३ को ’क’ को अध्यक्ष तुलसीप्रसाद हुमागाईंले एमाले परित्याग गरेको बताएका छन् ।

शुक्रबार प्रेस वक्तव्य जारी गर्दै उनले एमालेको साधारण सदस्य समेत नरहनेगरीसर्लाही जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नं. ३ को ’क’ को अध्यक्ष लगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनाम दिएको जानकारी दिएका छन् ।

पार्टी निर्णयविपरीत केन्द्रीय अध्यक्ष केपी शर्मा ओली हिँडेको, चुनावी तालमेल गरेको, राजनीतिक व्यवस्थाविरोधी राजनीतिक शक्तिसँग गठबन्धन गरेको लगायतका कारण देखाएर उनले एमाले परित्याग गरेका हुन् ।

एमाले परित्यागसम्बन्धी हुमागाईंको प्रेस वक्तव्य :

म तुलसी प्रसाद हुमागाईं, नेकपा एमालेको सर्लाही जिल्ला कमिटीको सचिवालय सदस्य तथा क्षेत्र नं. ३ को ’क’ को अध्यक्ष नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने भनी गरेको निर्णय उल्टाउदै गैर वैचारिक धरातलका दलहरुसँग गठबन्धन गरिएको सर्वविदितै छ । नाकाबन्दी को बिरोध गरेर राष्ट्रबादी छवि बनाएको पार्टी अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीको नाइके उपेन्द्र यादवसँग गठजोड गरेर देश र जनतालाई धोका दिने कार्य गरेको छ । अर्कोतर्फ देशमा राजसंस्था पुनः स्थापना गर्ने संघीयता खारेज गर्ने जस्ता जनविरोधि एजेण्डाहरु प्रधानताका साथ अगाडि बढाएको पार्टी राप्रपासँग एमालेले जनबिरोधी गठबन्धन गरेको छ । पछिल्लो समय हुँदै आएको देश र जनताको अहितका गतिविधिहरु प्रति मेरो निरन्तर फरक मत एवम् आपत्ति रहँदै आएको छ । तर, पार्टी भित्र फरक मत राख्नेलाई निषेध गर्ने गुटगत मानसिकता हाबी भएको कारण देश र जनताको पक्षमा हाम्रो बोलीलाई निरन्तर दबाउने कार्य हुदै आएको छ । यथास्थितिवादी र प्रतिगामी तत्वहरुसँग गहिरो रुपमा एमालेले साँठगाँठ गरेको वर्तमान परिप्रेक्ष्यमा नेकपा एमालेले मुलुकलाई निकास दिन नसक्ने निष्कर्ससहित नेकपा एमालेको साधरण सदस्य समेत नरहनेगरी म सर्लाही जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नं. ३ को ’क’ को अध्यक्ष लगाएत सम्पूर्ण जिम्मेवारीबाट राजिनाम दिएको जानकारी गराउँछु ।

तुलसीप्रसाद हुमागाईं
२०७४/०८/०२