‘समर्पण एपीएफ मासिक’ पत्रिका विमोचन

0
Shares

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्वारा सशस्त्र समर्पण एपीएफ मासिक पत्रिका विमोचन गरिएको छ । आज (बिहीबार) प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा अयोजित एक कार्यक्रमका बीच अर्यालद्वारा उक्त मासिक पत्रिकाको विमोचन गरिएको हो ।

संगठनमा भएका गतिविधिका बारेमा सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारी जानकार हुन भन्ने हेतुले प्रकाशन गरिएको उक्त मासिक पत्रिका प्रकाशन संगठनको लागि एक ऐतिहासिक क्षण हुने महानिरीक्षक अर्यालले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रधान कार्यालयदेखि फिल्ड लेवलसम्म भएका कामकारबाही समावेश गरी मासिक पत्रिका प्रकाशन गरिने भएको हुँदा सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयले आफुले गरेका व्यवसायिक तथा प्रकाशन योग्य कार्य समयमा नै उपलब्ध गरानुपर्ने बताउनुभयो ।

संगठनको यस उपलब्धी र प्रयासलाई भविष्यमा अझै बढी स्तरीय बनाउँदै लगिने भएको हुँदा मातहत कार्यालयहरुमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीले आफ्नो मनमा लागेका राय तथा सुझावहरु पेश गर्नुपर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनाम सशस्त्र प्रहरी बल नेपालको भूमिका उल्लेखनीय रहने बताउनुुहुँदै निर्वाचन सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी कर्मचारी जुन ठाउँमा परिचालित भए तापनि आ–आफ्नो ठाउँबाट उत्कृष्ट ढंगले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उक्त बिमोचन कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय चन्द्र प्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपाल बरिष्ठ अधिकृत, अधिकृत तथा विल्लादार जवानको समेत उपस्थिति रहेको थियो ।